अनुष्कालाई मल्टिमिडिया अवार्ड

लन्डन — यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुँदै बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छन् ।

अनुष्कालाई मल्टिमिडिया अवार्ड

अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् । मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।


लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वर्ल्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् । अनुष्का यसअघि नै हेड टू हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परेकी छन् ।


प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने अनुष्काले बताएकी छन् ।

प्रकाशित : मंसिर २६, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?