कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सरौतो’ मा भिटेनको गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — केही साताअघि प्रहरीले पक्राउ गरेपछि र्‍यापर भिटेन उर्फ समीर घिसिङ चर्चामा आए ।

‘सरौतो’ मा भिटेनको गीत

प्रहरीले उनलाई प्रहरी पोसाकको दुरुपयोग गरी गाँजा खाँदै गरेको फोटो फेसबुकमा पोस्ट गर्नुका साथै ‘हामी यस्तै त हो...’ बोलको उनको र्‍यापमा पनि अपशब्द बोलेको र प्रहरीको मानमर्दन गरेको आरोप लगाएको थियो । चर्को दबाबपछि हिरासतमुक्त भएका भिटेनको नयाँ गीत सार्वजनिक भएको छ ।


भिटेनले मंसिर १३ गते रिलिज हुने फिल्म ‘सरौतो’ का लागि गाएको प्रमोसनल गीत मंगलबार सार्वजनिक गरिएको छ । भिटेनले हिरासतमुक्त भएलगत्तै गीतको भिडियो खिचिएको हो ।


गीतमा भिटेनकै शब्द तथा संगीत रहेको छ । फिल्मको टिजर मन परेपछि भिटेनले प्रमोसनल गीत तयार गरेका हुन् । गीतको भिडियोमा भिटेनसहित फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा पनि देखिएका छन् ।


हरि हुमागाईंको निर्देशन रहेको ‘सरौतो’ मा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, धीरेन शाक्य, युवराज लामा, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको पनि अभिनय रहेको छ ।


बदलाभावको कथा भन्ने फिल्म राघव कृष्ण गौतमले लेखेका हुन् भने उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित : कार्तिक २१, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?