कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिविरमा चित्रकला

कान्तिपुर संवाददाता

काठमाडौँ — इस्ट इन्डिया कम्पनीका फौजलाई १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खालीले परास्त गरेको दिनको सम्झनामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले सिन्धुलीगढीमा कला शिविर गरेको छ ।

शिविरमा चित्रकला

शिविरअन्तर्गत भएको चित्रकला कार्यशाला र गोष्ठीलाई प्रदेशसभा सदस्य विनोदकुमार खड्काले क्यान्भासमा चित्र बनाएर उद्घाटन गरेका थिए ।


नेकपाका केन्द्रीय सदस्य कमलजंग राई र कलाकार विश्वम्भर लामिछानेले पनि क्यान्भासमा चित्र बनाएका थिए । असोज १३ देखि १७ गतेसम्म आयोजित शिविरमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले कलाकारलाई क्यानभास, रंग प्रदान गरेकी थिइन् ।


प्राज्ञ राजभण्डारी स्वयंले पनि चित्र बनाउनुका साथै कला शिविरमा सुदर्शनविक्रम राणा, सुनीता राणा, अश्रुराम खाइजू, सुरेम देशार, अनिल खड्का, सञ्जु थापा मगर, सुदिप विशंखेको सहभागिता रहेको छ । कार्यक्रममा जराबुट्टा कलाकार विश्वम्भर लामिछानेको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?