१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्देशनलाई नर्भस

कान्तिपुर संवाददाता

बलिउडदेखि हलिउडसम्मको यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडाले आफ्लूाई केवल अभिनेत्रीको परिचयमा सीमित राखेकी छैनन् ।

निर्देशनलाई नर्भस

अमेरिकामा त उनी गायिकाको परिचयसहित छिरेकी थिइन् । उनै प्रियंका पछिल्लो समय फिल्म निर्माणमा पनि आफ्लूाई व्यस्त राख्न थालेकी छन् । अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी प्रियंकालाई फिल्म निर्देशन गर्न भने प्रियंकालाई डर लाग्दो रहेछ ।


‘मलाई नर्भस बनाउने केही त्यस्तो चिज छ भने त्यो निर्देशन नै हो । किनभने निर्देशन विधामा अति धेरै उत्तरदायित्व हुन्छ । तर बिस्तारै, म अभिनय विधाबाट निर्माणमा हात हालें । आशा गरौं, कुनै दिन निर्देशनमा पनि आउन सकिएला ।’ हालै प्रियंकालाई सोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ मा अभिनयका लागि प्रस्ताव गरिएको थियो । तर अभिनेत्रीले स्क्रिप्ट पढिसकेपछि कलाकारका रूपमा मात्र नभई निर्माता पनि पनि बन्न चाहिन् । यसअघि ‘भेन्टिलेटर’ र ‘पाहुना’ निर्माण गरिसकेकी उनले महिला निर्देशकको फिल्म निर्माण गरेको यो दोस्रो पटक हो ।

यद्यपि उनी ‘लैंगिकताले केही परिभाषित गर्दैन’ भन्ने मान्यता राख्छिन् । उनको बिचारमा पुरुष वा महिला तिनीहरूको क्षमताका आधारमा सक्षम वा अक्षम हुने हो न कि लिंगका आधारमा ।


सोनालीसँग काम गर्न पाउनु भने उनले आफ्ना लागि सौभाग्य ठानेकी छन् । ‘मलाई लाग्छ, उनी अद्भुत क्षमता भएकी फिल्मकर्मी हुन् । र, उनको लिंगले यसमा केही अर्थ राख्दैन,’ प्रियंकाले महिला भएकै कारण आफ्लूे सोनालीलाई सान्त्वना दिन फिल्म निर्माणमा सघाउन नखोजेको प्रस्ट्याउँदै भनिन् । यो फिल्म साता दिनपछि नै रिलिजको क्रममा छ ।

– एजेन्सी

प्रकाशित : आश्विन १८, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?