देवुको एकल नृत्य साँझ हुने

काठमाडौँ — नृत्य निर्देशक देवु वोराले असोज ८ गते राजधानीमा एकल नृत्य साँझ गर्ने भएका छन् । हिमाल डेन्टल हस्पिटलको आयोजनामा हुने उक्त नृत्य साँझमा वोराले विभिन्न लोकप्रिय गायकका कालजयी १६ गीतमा नृत्य प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रममा शिष्यहरुले उनलाई साथ दिने छन् ।

विगत लामो समयदेखि मौलिक पोशाकमा सुदूर र मध्यपश्चिमको गीत संगीतलाई नृत्यका माध्यमबाट चिनाउँदै आएका देवु क्यान्डिल नृत्यबाट चिनिन्छन् ।


कैलालीको धनगढीका उनी गत फाल्गुनमा अमृत भादगाउँलेको संयोजनमा भएको डीक्रादेवी एकल गायन कार्यक्रममा ठाडी भाकाको गीतमा नृत्य गरेपछि अझ बढी चर्चामा आएका थिए ।


यतिबेला कालोपुलस्थित प्रशिद्धि कला समुह संचालन गर्दै आएका देवुले पाँच सय जतिलाई नृत्य सिकाइ सकेका छन् ।

प्रकाशित : आश्विन ६, २०७६ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?