नारायणको 'साधना प्रकाश' विमोचन

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा आइतबार सप्तरीका नारायणप्रसाद देवको पुस्तक 'साधाना प्रकाश' विमोचन गरिएको छ । अमेरिकामा अतिथि प्राध्यापक रहिसकेका संस्कृतिविद् डा.जगदिश शर्माले उक्त धार्मिक पुस्तकको विमोचन गरेका हुन । 

नारायणको 'साधना प्रकाश' विमोचन

युवावर्गले आफ्नो धर्म र संस्कृतिलाई उपेक्षा गरी धर्मान्तरतर्फ उन्मुख भईरहेकोप्रति दुःख व्यक्त गर्दै ती युवाका लागि यो पुस्तक कोशेढुंगा हुने बताए । पुस्तकको समिक्षा पूर्व प्राध्यापक तथा साहित्यकार रामनारायण देवले गरे ।


उनले यो पुस्तक आध्यात्मिक, दार्शनिक र शक्ति साधनाका लागि एउटा आयाम थप्ने बताए । उनले भने,'लेखक नारायणप्रसादले यो पुस्तक लेखेर नेपालीहरुमा ठूलो गुण लगाउनु भएको छ । ' उक्त अवसरमा आध्यात्मिक र गीताका मर्मज्ञ महेश्वर शर्माले पुस्तकमा उल्लेख गरिएको श्रीकृष्ण र अर्जूनबीचको संवाद तथा आत्मा र परमात्माबारे प्रसंग कोट्याएका थिए ।


हाल अमेरिकामा बसोबास गर्ने प्राध्यापक तथा लेखक नारायण देवले आफ्नो पुस्तकमा साधना र सिद्धिबारेमा विस्तृत व्याख्या गरेका छन् । पुस्तकमा राजा जनक र मुनि अष्टावक्रबीच भएको आध्यात्मिक र दार्शनिक कुराहरुलाई गजब शैलीमा वर्णन गरिएको छ । त्यस्तै,नेपाली भूमिमा जन्मिएका राजा जनक र भागवान बुद्धको दर्शनबारेमा पनि पुस्तकले राम्ररी व्याख्या गरिएको छ ।


आत्मा र परमात्माबीचको सम्बन्ध तथा योग सम्बन्धी तथ्यहरु पनि पुस्तकमा परेका छन् । हिन्दी भाषामा लेखिएको पुस्तकमा प्रथम खण्डलाई ज्ञान, द्वितीय खण्डलाई साधना र तृतीय खण्डलाई सार-खण्ड गरी तीन भाग विभाजन गरिएको छ ।


पुस्तकमा लेखिएका संस्कृतका श्लोकहरुको हिन्दीमा सरल र सरस शैलीमा भावानुवाद समेत गरिएको छ । पुस्तकबारे प्राध्यापक आनन्द आदित्य, सुजाता देव, संजय देव, अन्नपूर्ण देवलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?