३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पाटन संग्रहालयमा दुई एकल चित्रकला

ललितपुर — पाटन संग्राहलयमा दुइवटा एकल चित्रकला प्रदर्शनीमा राखिएका छन् । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको 'लाईट' र रिया बज्राचार्यको 'द इसेन्स' नाम दिइएको एकल चित्रकला बिहीबार ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णलाल महर्जनले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा सरुनादेवी र रियाका १४/१४ चित्रहरु छन् । 

पाटन संग्रहालयमा दुई एकल चित्रकला

आइतबारसम्म चल्ने प्रदर्शनीमा महर्जनका महिला संवेदनामा र रियाका जीवनमा उमंग र उत्साह भर्ने चित्रहरु रहेका छन् ।


उद्घाटन कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष महर्जनले कलाको विकासमा सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मिरा राजभण्डारीले महिलाको क्षमता विकासमा कलाकारिताको महत्व रहेको बताइन् ।


योङ् पिकासोका निर्देशक अजय देशारले नयाँ पुस्ताका चित्रकार उत्पादन गरी चित्रकामार्फत प्रतिभा प्रस्फुटन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताए ।

प्रकाशित : पुस १२, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?