कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अँध्यारो हुँदै उज्यालोतिर

काठमाडौँ — चित्रकार सन्ध्या रेग्मीलाई अँध्यारो फिटिक्कै मन पर्दैन । निराशा र नकारात्मक कुराबाट उनी सक्दो टाढै बस्न रुचाउँछिन् । उनी क्यानभासमा पनि सकारात्मक प्रभाव झल्कने आकृति कोर्न मन पराउँछिन् । 

अँध्यारो हुँदै उज्यालोतिर

सन्ध्याले करिअरको सुरुवातदेखि नै अध्यात्म, शान्ति र सकारात्मकता उन्मुख चित्र कोर्दै आएकी छन् । नवौं एकल चित्रकला प्रदर्शनीसम्म आइपुग्दा पनि उनले यसैलाई निरन्तरता दिन खोजेकी छन् ।


बबरमहलस्थित आर्ट काउन्सीलमा सन्ध्याले ‘गाइड मी फ्रम डार्कनेस टु लाइट’ थिममा चित्रकला प्रदर्शनी गरेकी छन्, जहाँ ज्योतिको दियो, ओम, गायत्री मन्त्र, सूर्य, योगलगायतका आध्यात्मिक आकृति देखिन्छन् । अध्यारो पृष्ठमा उज्यालो दियो बाल्दा नकारात्मकता चिर्दै सकारात्मक पक्ष समेटिएको महसुस गराउँछन् उनका क्यानभासले । केही चित्रमा संगीतको नोटेसन कोरिएका छन् । विषय र भाव एउटै भए पनि प्रस्तुतिमा विविधता छ । क्यानभासमा चित्र आकृतिसँगै उनले गायत्री मन्त्रका श्लोक लेखेकी छन् । उनका सबै चित्रका भावार्थ खुल्ने गरी कवितालाई क्याप्सनमा राखिएको छ । ‘कविताले चित्रको रंगमा लयात्मकता थप्छ,’ उनले भनिन्, ‘रंगको मौखिक शब्द रचना नै हो ।’


केही अर्मूत चित्र छन् । प्रशस्त टेक्स्चरको प्रयोग गर्नु उनको विशेषता हो । एकातिर ओम र दियो अंकित चित्र छन् भने अर्कोतर्फ रातो र पहेलो रंगका अमूर्त आकृति छन् । रातो आकाश, रातो झरनाजस्ता आकृति उनका क्यानभासमा देख्न सकिन्छ । बुद्ध शान्ति फाउन्डेसनले गरेको प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : असार २६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?