महाकाली घटनामा भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई गृहको पत्र

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह परराष्ट्र मन्त्रालयलाई  पत्राचार गरेको छ।

बिहे भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ भन्दा बढी बिरामी 

बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा घोरबन्दा र प्यूठानको प्यूठान नगरपालिकास्थित गुरुङगाउँका ८५ बढी बिरामी परेका छन् । पाल्पामा एकै गाउँका ४० बढी बिरामी परेका छन् । पाल्पामा जन्ती आएर फर्किएका प्यूठानका ४५ भन्दा बढी बिरामी परेका हुन् ।

किरियापुत्रीमाथि जातीय विभेद गर्नेलाई एक वर्ष कैद, ५० हजार जरिवाना

सार्वजनिक प्रयोजनको लागि बनाइएको किरियापुत्री भवनमा दलितलाई निषेध गर्ने ३ जनालाई जिल्ला अदालत कास्कीले जनही एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

गठबन्धनको निष्कर्ष : निर्वाचनले संविधान सुरक्षित, मुलुकमा राजनीतिक स्थायित्व

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक सोमबार बालुवाटारमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

म गोल्डेन बुट होइन, विश्वकप जित्न आएको हुँ : एम्बाप्पे

सुपरस्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स अल थुमामा रंगशालामा आइतबार पोल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । एम्बाप्पेले कतारमा जारी विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा रहँदै गोल्डेन बुटको दाबेदारी प्रस्तुतसमेत गरेका छन् ।

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान–२०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ ।

महाकाली घटनाबारे रविले भने- 'भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य छैन'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट नवनिर्वाचित सांसद रवि लामिछानेले महाकालीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेको सम्बन्धमा भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने बताएका छन् ।

‘के सहर गरिबको पनि होइन र ?’

सुकुम्बासीहरूले सोमबार काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेका गरेका छन् । माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्‍याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले आफूहरुलाई सरकारी तबरबाटै उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

मोड्रिच कप्तानी खेल खेल्दै

क्रोएसियाली टिममा अहिले त्यस्ता खेलाडी कमै मात्र छन्, जसले सन् २०१८ को विश्वकप फाइनल खेले । फ्रान्ससँग उपाधि भिडन्तमा पराजित क्रोएसियाका लुका मोड्रिच भने एक अपवाद हुन्, अझै आफ्नो देशका लागि नेतृत्वकारी भूमिकामा खेलिरहेका छन् ।

इसिमोडबाट कान्तिपुरकर्मी सिंहसहित तीन जना पुरस्कृत

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले भुटानको कृषि मेसिनरी केन्द्र तथा पाकिस्तानकी माह् बेगम अमजडलाई डा. एन्ड्रिस शिल्ड मेमोरियल माउन्टेन पुरस्कार साथै बझाङका कान्तिपुरकर्मी वसन्तप्रताप सिंहलाई एन्ड्रेस शिल्ड मेमोरियल माउन्टेन सम्मान प्रदान गरेको छ ।

चुनावी समीक्षा र सरकार निर्माणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ । 

चिकित्सा आयोगले भन्यो- ‘अनुमति नपाएका कलेजमा भर्ना नहुनू’

चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ ।

दुई घन्टापछि खुल्यो सीमा पुल

आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो । हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए ।

भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ ।

प्रदेश
सेनाको गाडी दुर्घटना हुँदा १५ घाइते

सेनाको गाडी दुर्घटना हुँदा १५ घाइते

लक्ष्मी गौतम

पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

डम्बरसिं राई

अध्यक्ष केपी ओलीनजिक मानिएका एमालेका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा २ हजार ६ सय ६९ मतान्तरले हारे । गठबन्धनका उम्मेदवार माओवादीका रामकुमार राईले उनलाई पछि पारेका हुन् । राईले ३१ हजार ५ सय ३१ र भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

चित्रकलामा सुस्त श्रवण बालबालिका

चित्रकलामा सुस्त श्रवण बालबालिका

कान्तिपुर संवाददाता

उनीहरू सांकेतका माध्यमले आपसमा भावना साटासाट गर्छन् । धेरैजसो जन्मजात श्रवण शक्ति गुमाएका हुन् । जब कुची, पेन्सिल र रङमा खेल्न पाउँछन्, उनीहरू चित्रका आकृतिमार्फत सबैका सामु परिचित बन्छन् । धनकुटा–४ छारागाउँको मार्गेश्वरी प्राथमिक विद्यालयकी १० वर्षीया गंगा लिम्बू यसै मध्येकी प्रतिभा हुन् ।

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत

देवनारायण साह

प्रदेश १ मा नेकपा एमाले गठबन्धनले बहुमत प्राप्त गरे पनि सत्ता गठबन्धन आफ्नो सरकार बन्नेमा ढुक्क देखिन्छ । सत्ता गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकार गठनका लागि फकाइरहेको छ ।

पत्रकार राईको रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार राईको रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

कान्तिपुर संवाददाता

पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृहमन्त्रीसमक्ष आइतबार ज्ञापनपत्र बुझाइएको छ । समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले बिनासर्त रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

विराट एक्स्पोको तयारी पूरा

विराट एक्स्पोको तयारी पूरा

देवनारायण साह

सातौं कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो-२०७९’को तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा एक हप्तासम्म चल्ने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । 

प्रदेश १ बाट थप
बर्दिबास मेडिकलको जग्गा प्राप्तिमै अलमल

बर्दिबास मेडिकलको जग्गा प्राप्तिमै अलमल

सुनिता बराल

महोत्तरीको बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेजको काम जग्गा प्राप्ति नहुँदा रोकिएको छ । जग्गा प्राप्तिमा अवरोध हुँदा सरकारले मेडिकल कलेज बनाउने निर्णय गरेको सात वर्षसम्म पनि काम अघि बढ्न नसकेको हो । 

अध्यक्षकै गृहजिल्लामा एकीकृत समाजवादी तेस्रो

अध्यक्षकै गृहजिल्लामा एकीकृत समाजवादी तेस्रो

कान्तिपुर संवाददाता

पार्टी अध्यक्ष माधवकुमार नेपालकै गृहजिल्ला रौतहटमा नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ तेस्रो भएको छ । प्रतिनिधि र प्रदेशसभाको समानुपातिक प्राप्त मतअनुसार एस तेस्रो स्थानमा छ । पहिलो नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले भएका छन् ।

पत्रकार भट्टराईको अन्त्येष्टि

पत्रकार भट्टराईको अन्त्येष्टि

कान्तिपुर संवाददाता

शनिबार बिहान निधन भएका पत्रकार तथा मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको आइतबार अन्त्येष्ट‍ि गरिएको छ । कोसी ब्यारेजमा उनको अन्त्येष्टि गरिएको हो । 

कुखुराको फार्ममा १८० केजी गाँजा बरामद

कुखुराको फार्ममा १८० केजी गाँजा बरामद

शिव पुरी

रौतहटको सदरमुकाम गौरस्थित नेपाल भारत सीमा क्षेत्रमा रहेको एक कुखुरा फार्ममा जमिनमुनि गाडेको अवस्थामा प्रहरीले १८० किलो गाँजा बरामद गरेको छ । युवकसहित बरामद गरेको गाँजाको प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

छाना कुर्दै मुसहर

छाना कुर्दै मुसहर

कान्तिपुर संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चन्द्रपुर–९ स्थित मुसहर बस्तीका अधिकांश मतदान गर्न गएनन् । त्यसपछि वडाध्यक्ष नवराज देवकोटा आफैं बस्ती पुगे ।

प्रदेश सरकारमा जनमतको दाबी

प्रदेश सरकारमा जनमतको दाबी

अवधेशकुमार झा

प्रत्यक्ष र समानुपातिकतर्फ मधेस प्रदेशमा निर्णायक सिट ल्याएको जनमत पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी हुने तयारी गरेको जनमतले प्रदेशमा भने मुख्यमन्त्रीसहित चार मन्त्रालय दाबी गर्ने जनाएको हो । 

मधेस बाट थप
नवलपुरमा गैंडा मृत भेटियो

नवलपुरमा गैंडा मृत भेटियो

रासस

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव

दमकल खरिद गर्न सिन्धुली महोत्सव

राजकुमार कार्की

आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न दमकल खरिदका लागि सिन्धुली महोत्सव हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजना गरी मुनाफाको रकमबाट दमकल खरिद गर्ने योजना बनाइएको हो ।

हेटौंडामा जग्गा कित्ताकाट खुला

हेटौंडामा जग्गा कित्ताकाट खुला

प्रताप विष्ट

हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । योसँगै अब जग्गा कित्ताकाट गर्न बाटो खुलेको छ । उपमहानगरको बिहीबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।

डेढ महिनामा १ किमि सुरुङ

डेढ महिनामा १ किमि सुरुङ

राजकुमार कार्की

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणले गति लिएको छ । निर्माण थालिएको डेढ महिनामा १ किलोमिटर सुरुङ खनिएको आयाोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट गत असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो ।

अवैध हतियारसहित नुवाकोट शिवपुरीमा एक पक्राउ

अवैध हतियारसहित नुवाकोट शिवपुरीमा एक पक्राउ

कृष्ण थापा

शिवपुरी गाउँपालिका-३ कार्तिके नयाँगाउँ नब्दीका एक स्थानीयलाई अवैध हातहतियार राखेको अभियोगमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ६५ वर्षीय हर्कबहादुर तामाङ छन् । 

सुकुल : अब भोज र रेस्टुराँमा मात्रै

सुकुल : अब भोज र रेस्टुराँमा मात्रै

ज्योति श्रेष्ठ

फुलेको कपाल, चाउरिएका गाला, कलेंटी परेको ओठ । बनेपा–८ जापाली टोलकी ७८ वर्षीय याममाया साल्मीलाई सीपले तन्दुरुस्त बनाएको छ । हस्तकलामा उनको लगाव तन्नेरीमा भन्दा कम छैन । पराल र खोस्टाको सुकुल, चकटी, मुढा, बाबियोको ढकी, धुप बाट्ने, कपासको बत्ती कातेर दिन कटाउँछिन् । 

वाग्मती बाट थप
कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

नारायण शर्मा

दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

बाँदरबाट हिउँदे बाली जोगाउनै सास्ती

बाँदरबाट हिउँदे बाली जोगाउनै सास्ती

अगन्धर तिवारी

कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीको फलेवास–३ मा १८ रोपनी खेतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिला छन् । कारण हो बाँदर । बाँदर आतंक बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिनमा यतिबेला आलु खेती छैन ।

चौधौं पटक हात्तीपाइलेको औषधि खुवाइने

चौधौं पटक हात्तीपाइलेको औषधि खुवाइने

प्रकाश बराल, आश गुरुङ

बागलुङमा १४ औं पटकसम्म हात्तिपाइलेको औषधि खुवाउनु पर्ने भएको छ । पटकपटक खुवाएर पनि संक्रमण न्यूनीकरण नभएपछि फेरि औषधि खुवाउनु परेको हो । सबैभन्दा धेरै संक्रमित भेटिएको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा प्रत्येक व्यक्तिमा ‘ट्रान्समिसन एसेस्मेन्ट सर्भे’ समेत गरिने भएको छ ।

बडिगाडमा न्वागी र खेल महोत्सव

बडिगाडमा न्वागी र खेल महोत्सव

प्रकाश बराल

यहाँको ग्वालीचौर, जलजला, दगातुम्डाँडासहित गुल्मीको पौंदी, दर्लिङ नेटा समेटिएको इस्मा चौबिसे राज्यको स्मरणमा न्वागी पर्व र खेल महोत्सव मनाइएको छ । उक्त राज्यका राजाले एक सय मुरी धान उत्पादन हुने जमिनको गुठीबाट यहाँ हरेक वर्ष मंसिर पहिलो साता सुदिन ठहर्‍याएर न्वागी खाने चलन छ ।

प्रदेश सरकार गठनमा केन्द्रको ‘सिग्नल’ कुर्दै

प्रदेश सरकार गठनमा केन्द्रको ‘सिग्नल’ कुर्दै

प्रतीक्षा काफ्ले

प्रदेश सरकार बनाउने चर्चा र अड्कलबाजी भइरहे पनि गण्डकीमा सरकार बनाउनेतर्फ कुनै दल अघि सरेका छैनन् । त्यसो त कुनै दलले बहुमत पनि पाएका छैनन् । सरकार गठनका लागि यहाँका दलहरूले केन्द्रबाट ‘ग्रिन सिग्नल’ नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन नसकेका हुन् । 

ठेकेदार लापत्ता हुँदा ठूला योजना अलपत्र

ठेकेदार लापत्ता हुँदा ठूला योजना अलपत्र

घनश्याम खड्का

जिल्लामा दर्जन बढी ठूला योजनाहरू अलपत्र अवस्थमा छन् । जिल्लाको मुख्य सडक योजना बेनी–दरवाङको तेस्रो खण्ड, गलेश्वर–पिप्ले–भगवती सडक, पोखरे–चित्रे सडक, दरवाङ–धारापानी सडक र बाग्लुङ–बेनी सडक सवै निर्माण ब्यवसायीका लापरवाहीले गर्दा अलपत्र छन् ।

गण्डकी बाट थप
बिहे भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ भन्दा बढी बिरामी 

बिहे भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ भन्दा बढी बिरामी 

माधव अर्याल, शमशेरविक्रम जीसी

बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा घोरबन्दा र प्यूठानको प्यूठान नगरपालिकास्थित गुरुङगाउँका ८५ बढी बिरामी परेका छन् । पाल्पामा एकै गाउँका ४० बढी बिरामी परेका छन् । पाल्पामा जन्ती आएर फर्किएका प्यूठानका ४५ भन्दा बढी बिरामी परेका हुन् । 

नेपालगन्जमा १३ महिला स्वास्थ्य स्वयंसेवक सम्मानित

नेपालगन्जमा १३ महिला स्वास्थ्य स्वयंसेवक सम्मानित

रुपा गहतराज

नेपालगन्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरेको छ। १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रमबीच १३ जना स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरिएको हो।

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

माधव अर्याल

कास्कीको पोखरा महानगरपालिका–२७, का ३९ वर्षीय अनिल साइ लागूऔषधसहित पाल्पामा पक्राउ परेका छन् ।

बुटवलका गैरकृषि जग्गामा कित्ताकाट सुरु

बुटवलका गैरकृषि जग्गामा कित्ताकाट सुरु

सन्जु पौडेल

बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्न मिल्ने प्रावधान खुला गरेको छ । उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले प्रस्तावित ७ (२) को भूमिको वर्गीकरण सम्बन्धमा प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्न मिल्ने भएको हो ।

ट्याक्टरले किच्दा सहचालकको मृत्यु

ट्याक्टरले किच्दा सहचालकको मृत्यु

सन्जु पौडेल

रुपन्देहीको सैनामैनानगरपालिका – २ रिङरोडमा आइतबार साँझ ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना – ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा टिपरको ठक्करबाट एकको मृत्यु

रुपन्देहीमा टिपरको ठक्करबाट एकको मृत्यु

सन्जु पौडेल

टिपरले मोटरसाइकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका- १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लुम्बिनी बाट थप
जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डीबी बुढा

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । डोल्पा जिल्लादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पहाडमा मेलाको रौनक

पहाडमा मेलाको रौनक

हरिहरसिंह राठौर

कर्णालीका पहाडी जिल्लामा परम्परागत मेला र जात्राको रौनक सुरु भएको छ । यहाँका पहाडी जिल्लामा दसैं–तिहारदेखि नै मेला–जात्रा मनाउन सुरु हुन्छ । गत मंसिर ४ मा भएको निर्वाचनको अघिपछि पनि मेलापर्व रोकिएनन् । जसका कारण उम्मेदवारले मेलाजात्रामै गएर आफ्नो प्रचारलाई निरन्तरता दिएका थिए ।

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका स्थानीय

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका स्थानीय

विप्लव महर्जन

गत असोज पहिलो साता केही दिन लगातार परेको अविरल वर्षातका बन्गाड कुपिण्डे नगरपालिका ४ काफलपानीमा बस्ती बसेको स्थानमा जमिन भासिँदा स्थानीय मेघराज गिरीको घर र मिल घर चारैतिरबाट चर्किएको छ । सामान्य वर्षात्‌मा पनि घर भत्किने खतरा बढेपछि उनी एक सातासम्म आफन्तकहाँ बसे । सम्बन्धित निकायले चर्केको घर मर्मतमा कुनै चासो नदेखाएको र वर्षात् रोकिएपछि अहिले उनी पाँच जनाको परिवारसहित त्यहि घरमा बस्न बाध्य छन् ।

सरकारको अनुभूति दिलाउँदै गुठीचौर

सरकारको अनुभूति दिलाउँदै गुठीचौर

डीबी बुढा

जुम्लाको गुठिचौर गाउँपालिकाले हरेक क्रियाकलाप गाउँ केन्द्रित गर्न थालेपछि गुठिचौरवासीले बल्ल घरदैलोको सरकार आएको अनुभूति गर्न थालेका छन् । उनीहरू सान‍ोतिनो कामका लागि पालिका केन्द्र सम्म आइपुग्नु पर्दैन । पालिका सरकार स्थानीयको दु:ख‚ पीडा बुझ्न गाउँमै पुग्ने गर्छ । पालिका अध्यक्ष दानबहादुर बुढा गाउँपालिकावासीको गुनासो सुन्न र विकास योजनाको काम प्रभावकारी भए/नभएको हेर्न आफैँ जाने गरेका छन्‚ जसले स्थानीय सरकारले दिने सेवासुविधा निकै चुस्त र प्रभावकारी बन्ने गरेको छ । 

आँखाको उपचार जिल्ला अस्पतालबाटै

आँखाको उपचार जिल्ला अस्पतालबाटै

महेश केसी

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित आँखा उपचार केन्द्र रुकुम पश्चिमले जिल्ला अस्पताल परिसरबाटै सेवा दिन थालेको छ । २०६८ सालमा स्थापना भएको यो केन्द्र सुरुमा जिल्ला अस्पतालमै स्थापना भएर विगत १० वर्षयता भने अस्पतालभन्दा केही टाढा भाडामा लिएको भवनबाट सञ्चालन गरिँदै आएको थियो । 

१६ करोड लगानीमा स्याउ बगैंचा

१६ करोड लगानीमा स्याउ बगैंचा

डीबी बुढा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ । स्थानीय भीमबहादुर भण्डारीले ३० हजार स्याउका बिरुवा रोपेर स्याउ बगैंचा स्थापना गरेका हुन् ।

कर्णाली बाट थप
माया लुहारका हत्या आरोपी सार्वजनिक 

माया लुहारका हत्या आरोपी सार्वजनिक 

तृप्ति शाही

माया लुहारको हत्या आरोपीतलाई बैतडी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालीका ४ फ्याउलेकी मायाको हत्याका आरोपित  भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

डडेलधुराको प्रदेशसभामा एक्ला स्वतन्त्र

डडेलधुराको प्रदेशसभामा एक्ला स्वतन्त्र

डीआर पन्त

नेकपा (एकीकृत समाजवादी) बाट टिकट नपाएपछि तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बने । प्रदेशतर्फ क्षेत्र–२ बाट उम्मेदवार बनेका उनी निर्वाचित भए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रदेशका सामाजिक विकासमन्त्री कांग्रेसका गोविन्द बोहरालाई जोशीले ४ सय २७ मतान्तरले पराजित गरेका हुन् । प्रदेशसभामा प्रत्यक्षतर्फका ३२ सिटमध्ये जोशी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने एक्ला सांसद हुन् ।

जनप्रतिनिधिप्रति आशावादी छैनन् मतदाता

जनप्रतिनिधिप्रति आशावादी छैनन् मतदाता

कान्तिपुर संवाददाता

आमनिर्वाचन सकिएसँगै अब सरकार गठन र जनप्रतिनिधिले कस्ता काम गर्लान् भन्नेमा आमचासो र चर्चा छ । मुख्य राजनीतिक दलको केन्द्रीय तहका नेताहरूले गरिरहेका गतिविधिले भने मतदाता आशावादी हुन सकेका छैनन् ।

बाजुरामा १४ दिनपछि नतिजा

बाजुरामा १४ दिनपछि नतिजा

अर्जुन शाह

बाजुरामा निर्वाचन भएको १४ दिनपछि मात्रै मत परिणाम सार्वजनिक भएको छ । मतदानकै दिनदेखि निम्तिएको विवादले अनेक उतारचढावपूर्ण मोड लिएकाले बाह्रौं दिनमा मात्रै मत गन्न थालिएको थियो । आइतबार पूर्ण मत परिणाम सार्वजनिक हुँदा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

माया लुहार हत्याका आरोपी कोली पक्राउ

माया लुहार हत्याका आरोपी कोली पक्राउ

तृप्ति शाही

बैतडीको पन्चेश्वर गाउँपालिका - ४ की माया लुहारका हत्या आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् ।

भजनीमा \'अफ्रिकन स्वाइन फिभर\', एउटै फार्मका ४८२ बंगुर मरे

भजनीमा 'अफ्रिकन स्वाइन फिभर', एउटै फार्मका ४८२ बंगुर मरे

कान्तिपुर संवाददाता

कैलालीको भजनी नगरपालिकामा एक किसानको बंगर फार्ममा अफ्रिकन स्वाइन फिभर देखिएको छ । भजनी वडा नम्बर ३ का जयरबहादुर बुडाको बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर फेला परेको हो । उक्त रोगका कारण फार्ममा रहेका ४ सय १२ बंगुरको मरेको भजनी नगरपालिका कृषि भेटनरी अधिकृत हरिलाल जैसीले जानकारी दिएका छन् ।

सुदूरपश्चिम बाट थप

कार्डबाटै मोबाइल रिचार्ज गर्नेको संख्या ५२ प्रतिशत : टेलिकम

आजभोलि धेरैले मोबाइल वालेट वा बैंकिङ एप प्रयोग गरी विद्युतीय माध्यमबाट मोबाइल फोनको रिचार्ज (टप अप) गर्ने गरेको पाइन्छ । नेपाल टेलिकमका कुल ग्राहकमध्ये ५२ प्रतिशतले अझै पनि पसलमा गएर रिजार्ज कार्ड किनेर त्यसबाटै फोनमा पैसा हाल्ने गरेको पाइएको छ । अधिकांशले कागजी माध्यम रोज्ने भएकाले ती ग्राहकलाई लक्षित गर्दै कम्पनीले हाल कार्डबाटै मोबाइल रिचार्ज गर्ने ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स विजेता

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सले ११ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार उपाधि जितेका छन् । हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गर्ल्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजमा च्याम्पियन भए ।

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

सूर्य नेपाल गल्फ टुरको यस सिजनको पहिलो प्रतियोगिताको रूपमा सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुँदै छ । चार दिने स्पर्धा रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो ।

यूएस ओपनमा डालास अल स्टार्स

भारतका उन्मुक्त चन्दको कप्तानीमा डालास अल स्टार्सले यूएस ओपन ट्वान्टी–२० क्रिकेटका लागि आफ्नो टोलीको घोषणा गरेको छ । नेपालीहरूको स्वामित्व रहेको डालासले १२ औं संस्करणमा आएर पहिलो पटक यूएस ओपन खेल्न लागेको हो ।

'एभरेस्ट म्यान'लाई कजाकस्तानमा अवार्ड

कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र 'एभरेस्ट म्यान'ले अवार्ड प्राप्त गरेको छ । कजाकस्तानको 'वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो ।

रुसी सैन्य हवाई क्षेत्रमा विस्फोट

रुसी सैन्य हवाई क्षेत्रमा विस्फोट भएको छ । बीबीसीका अनुसार मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहरनजिकै एअर फिल्डमा इन्धनको ट्यांकर विस्फोट भएको हो ।

विवादमा तानियो ‘कश्मीर फाइल्स’

प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) नेताहरूले खुलेर प्रशंसा गरेको ‘द कश्मीर फाइल्स’ फिल्म विवादमा तानिएको छ । गोवामा भएको ५३ औं फिल्म फेस्टिभल समारोहका ‘जुरी’ हरूले फिल्मलाई ‘भल्गर र प्रोपागान्डा’ ले भरिएको बताएपछि विवाद चुलिएको हो ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार ज्वालामुखी विस्फोट भएपछि दुई हजार जनाभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौंपटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

x
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.