देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देशको अवस्था झन् बिग्रँदै गएको बताएका छन् । देश अस्थिरता र अराजकतातर्फ धकेलिएको बताउँदै ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुने बताए ।