गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको स्थानीय गणेशसिंह धामीले बताए ।
नेपालमा २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ८७६ पीसीआर परीक्षणमा ५३१ र २ हजार ५०७ एन्टीजेन परीक्षणमा ३२१ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा जम्मा ६ हजार ३८३ नमुना परीक्षण भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए ।
माओवादी स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले संगठनसम्बन्धी विषय टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।
फोटोफिचर
कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित पृथ्वीनारायण शाहको पहिरनमा सजिएर गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ अब दिनहुँ संग्रहालय परिसरमा भेटिने भएका छन् । संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त वेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै तस्बिर पनि लिन सक्नेछन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले श्रेष्ठलाई गोरखा संग्रहालयमा राख्ने व्यवस्थापन मिलाएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमालेलाई रोक्ने नीति र कार्यक्रममा कांग्रेस रहेको बताए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबारदेखि बल्ल सिफारिस समितिले कारबाही प्रक्रिया सुरु गरेको छ । बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठक बोलाइएको हो । बुधबारको बैठकमा समितिका सदस्यहरूले महाभियोग प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया ढिला भएकोमा आफूहरूप्रति नै प्रश्न तेर्सिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठकमा विश्वकर्माले लगाउनुपर्ने व्यक्तिलाई महाभियोग लगाइए पनि ठीक ढंगले काम नभएको उनले बताए ।
आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।