कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमालेलाई रोक्ने नीति र कार्यक्रममा कांग्रेस रहेको बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमालेलाई रोक्ने नीति र कार्यक्रममा कांग्रेस रहेको बताए ।
कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित पृथ्वीनारायण शाहको पहिरनमा सजिएर गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ अब दिनहुँ संग्रहालय परिसरमा भेटिने भएका छन् । संग्रहालय पुगेका आगन्तुकले शाहको दुरुस्त वेषमा सजिएका श्रेष्ठसँग साक्षत्कार गर्दै तस्बिर पनि लिन सक्नेछन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले श्रेष्ठलाई गोरखा संग्रहालयमा राख्ने व्यवस्थापन मिलाएको हो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार बसेको समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।
प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौको फोहोर व्यवस्थापन गर्न स्थानीय माग पूरा गर्दै जाँदा नयाँ नयाँ मुद्दा आउने भएकाले समाधान हुन नसकेको बताएका छन् । उनले पछिल्लो १७ वर्षमा स्थानीयसँग १ सय ७४ पटक विभिन्न निकायसँग समाधानका लागि सहमति भए पनि समाधान आउन नसकेको बताए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबारदेखि बल्ल सिफारिस समितिले कारबाही प्रक्रिया सुरु गरेको छ । बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठक बोलाइएको हो । बुधबारको बैठकमा समितिका सदस्यहरूले महाभियोग प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।
सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।
कर्मचारी समायोजनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ सकेर गत साउन १७ गते फैसला सुनाउने सर्वोच्च अदालतले बुधबार (आज) फैसला सुनाउने भएको छ । सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको छ ।
गत असार मसान्तसम्ममा ९२.५२ प्रतिशत जनसंख्यामा बिजुली सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार गत आर्थिक आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा प्रसारण प्रणालीबाट बिजुली सुविधा नपुगेको जनसंख्या ७.४८ प्रतिशत बराबर देखिएको हो ।
आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया समयमै अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।