कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संग्रौलाले ल्याए ‘इतर विचार’

पुस्तक प्रदर्शनीमा एकै दिन चार किताब विमोचन

काठमाडौं — लेखक साहित्यकार खगेन्द्र संग्रौलाले विभिन्न कालखण्डमा लेखेका आफ्ना निबन्धहरूलाई संग्रहका रुपमा ल्याएका छन् । समाज, राष्ट्रियता, संस्कृति, साहित्य लगायत विभिन्न पक्षलाई निबन्धमा समेटिएको संग्रौलाको पुस्तक ‘इतर विचार’को शुक्रबार राजधानीमा विमोचन गरियो ।

संग्रौलाले ल्याए ‘इतर विचार’

भृकुटी मण्डपमा चलिरहेको १९ औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा शिक्षाविद् केदारभक्त माथेमा, समीक्षक उज्जवल प्रसाईं र लेखक संग्रौला स्वयंमले ‘इतर विचार’ को विमोचन गरे । बीएन पुस्तक संसारले प्रकाशन प्रकाशन गरेको हो ।
आफ्नो पुस्तकबारे संग्रौलाले भने, ‘मान्छेका विचार दुई प्रकारका हुन्छन्, भितर र इतर विचार । भितर विचारमा तथस्टथता हुन्छ, इतर विचारमा प्रतिपक्षता हुन्छ । तथस्टता भनेको पाखन्ड हो ।’
उनले आफ्ना यी निवन्धहरू इतिहासले गति लिइरहेको बेलामा लेखेको तर पुस्तकको रूपमा बाहिर आउँदा समय फेरिएको बताए । उनले पुस्तकमा आफूले लेखेको ‘माओवादीको गरिबी’ शीर्षक निबन्धलाई अघि सार्दै भने, ‘त्यसबेला पहिलो संविधान सभाको चुनाव सकिएको थियो । माओवादीको स्थिति अर्कै थियो । तर अहिले बद्लिएको छ ।’ उनले हिजो जसले क्रान्तिको ध्वजा बोकेका थिए अहिले प्रतिक्रान्तिको ध्वजा पनि तिनै हातले बोकेको बताए ।  
शिक्षाविद् माथेमाले संग्रौला साढे दुई दशकदेखि नेपाली साहित्यमा बढो शक्तिशाली लेखक रहेको बताए । उनले भने, ‘प्रोफेसर दुर्गा भण्डारीले भनेका छन्– मलाई नारायण ढकाल, सिकेलाल र संग्रौला जोडदार लेखक लाग्छ । यसबाटै थाहा हुन्छ संग्रौलाको लेखनीको शक्ति ।’
माथेमाले संग्रौलाले कहिले जर्ज अर्वेलले जस्ता छोटा र स्वादिला वाक्य लेख्ने त कहिले आवेशमा आएर विभिन्न बिम्म प्रयोग गर्दै सेक्सपियरले जस्तै लामा बाक्य लेख्ने बताए ।
समीक्षक प्रसाईंले संग्रौलाको लेखाई दैनिक लेखिने राजनीतिक टिप्पणीभन्दा भिन्न भएको बताए । उनले भने, ‘उनको लेखाई ज्ञानको ढोका खोल्ने खालका छन् ।’
एकै दिन चार पुस्तक विमोचन
शुक्रबार नै संग्रौलाका बाहेक अन्य तीन किताब प्रदर्शनीमा विमोचन गरिए ।
प्रकाश सायमीको सृजनात्मक गद्य संग्रह ‘काठमाण्डू सेल्फी’ यिनमा एक थियो । शब्दहार क्रियसन्सले बजारमा ल्याएको यो किताब पनि निबन्धकै हो । यो किताब विमोचनमा चेतन कार्की लगायतले बोलेका थिए ।
यस्तै, प्राकृतिक प्रकोपका कारण जोखिममा रहेको मुलुकमा विपद् न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारे डा. रामचन्द्र तिवारीको ‘विपद् न्युनीकरण’ पनि सार्वजनिक गरियो । नेपाली सेनामा आवद्ध तिवारीले विपद् न्यूनिकरणमा काम गर्दै आइरहेका छन् । उनको पुस्तक अनुसन्धानमा आधारित छ ।
अर्की लेखक प्रभा बरालको नियात्रा ‘आत्महत्याको जंगल’ पनि शुक्रबार नै प्रदर्शनीमा सार्वजनिक गरियो ।

 

प्रकाशित : भाद्र ११, २०७२ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?