२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

साग सकियो, कुन देशको कति पदक ?

काठमाडौँ — १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । ‍१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन ।

साग सकियो, कुन देशको कति पदक ?

१३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए । आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो ।


गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन् । १३औँ सागमा गौरिकाले ४ स्वर्ण र २/२वटा रजत र कांस्य जितिन् ।


नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ । यस्तै,नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो ।


भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्यो । श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जित्यो । पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जित्यो ।


भुटानले ७ रजत र १३ वटा कांस्य जित्यो ।


१३ औँ सागमा सबैभन्दा बढी पदक भारतले जित्यो । भारतले ३१२ वटा पदक जित्यो । यस्तै, श्रीलंकाले २५१, नेपालले २०६, बंगलादेशले १३८, पाकिस्तानले १३१, भुटानले २० र माल्दिभ्सले ५ वटा पदक जित्यो ।


१४औँ साग पाकिस्तानमा हुनेछ ।

प्रकाशित : मंसिर २४, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?