कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१३‍औ‍ँ साग: नेपाल २–१ ले अगाडि [अपडेट]

काठमाडौँ — १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भुटानसँगको खेलमा नेपालले दोस्रो गोल गर्दै अग्रता लिएको छ । खेलको ५३औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।

१३‍औ‍ँ साग: नेपाल २–१ ले अगाडि [अपडेट]

खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो । नेपालले सुरुवाती अग्रता लिएपनि जारी खेलको ३६‌औँ मिनेटमा भुटानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो ।

खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस्तै,भटानका कप्तान चेन्चो ग्यालसेनले खेलको ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

सुनिलले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । भुटान पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशलाई १‍-० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । यस्तै,भुटानले श्रीलंकालाई पराजित गर्दै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो ।


प्रकाशित : मंसिर २४, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?