कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश ३ को पुरस्कार घोषणा

मकवानपुर — नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी खेलाडीलाई प्रदेश ३ सरकारले पुरस्कार घोषणा गरेको छ ।

प्रदेश ३ को पुरस्कार घोषणा

प्रदेश ३ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गर्ने निर्णयका साथै विभिन्न पाँच निर्णय गरेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिए । बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही एक लाख, रजत विजेतालाई जनही ५० हजार र कांस्य विजेतालाई जनही २५ हजारसहित सम्‍मान र प्रोत्साहन गर्ने निर्णय गरेको मन्त्री जमरकट्टेलले बताए ।


उनका अनुसार उक्त सम्मान र प्रोत्साहन प्रदेश ३ मा स्थायी रूपमा बसोबास गर्ने खेलाडीको हकमा मात्र लागू हुनेछ । साग प्रतियोगिता काठमाडौं, पोखरा र जनकपुरमा भइरहेको छ ।





प्रकाशित : मंसिर २४, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?