भारतलाई कुस्तीको १४ स्वर्ण, नेपाललाई १३ पदक

सन्तोष सिंह

(धनुषा) — १३ औं सागअन्तर्गत जनकपुरमा सम्पन्न कुस्तीको २० स्वर्णलाई भएको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण ४ रजत, ८ कांस्य पदक जितेको छ । नेपालका लागि ५५ केजीमा संगीता धामीले १ स्वर्ण दिलाइन् । महिलातर्फ ५३ केजीमा शिवांगी दुवे, ५७ केजीमा अम्बिका भण्डारी, ६५ केजीमा सुशीला चन्द र ७२ केजीमा निर्मला जागरीले रजत दिलाए । ५० केजीमा मनीषा सिंह, ५९ केजीमा कोमल खत्री र पुरुषतर्फ ५७ केजीमा नरेश यादव, ६५ केजीमा सरोज यादव, ७० केजीमा सुरेश यादव, ७९ केजीमा बुन्नीलाल राजु, ९२ केजीमा सुमिर साह र १ सय २५ केजीमा राज यादवले कांस्य पदक दिलाए । 

भारतलाई कुस्तीको १४ स्वर्ण, नेपाललाई १३ पदक

कुस्तीमा भारतले १४ स्वर्ण, पाकिस्तानले ३ स्वर्ण, ४ रजत, श्रीलंकाले २ स्वर्ण, १० रजत, २ कांस्य र बंगलादेशले २ रजत, ७ कांस्य पदक जितेका छन् । भारतका लागि पुरुषतर्फ ५७ केजीमा राहुल कुमार, ६५ केजीमा अमित कुमार, ६१ केजीमा रवीन्द्र धैया, ७४ केजीमा गौरव, ८६ केजी तौलमा पवन कुमार, ९७ केजीमा कडियन सत्यवर्ती, १ सय २५ केजीमा सुमितले स्वर्ण जिते । महिलातर्फ ५३ केजीमा पिंकी कुमारी, ५० केजीमा शीतल तोमर, ५७ केजीमा सरिता, ५९ केजीमा अंशु र ६२ केजीमा साक्षी मल्लिक, ६८ केजीमा अनिता, ७६ केजीमा गुरुचरण प्रितले भारतलाई स्वर्ण दिलाए ।


पुरुषतर्फ पाकिस्तानका इनायत उल्हा, ७९ केजीमा अब्दुल रेहमान, ९२ केजीमा मोहम्मद इनामले स्वर्ण जिते । यस्तै पुरुषतर्फ नै ६१ केजीमा मोहम्मद बिलाल, ८६ केजीमा उमर अहमद, ९७ केजीमा तैयब राजा र १ सय २५ केजीमा जमन अनवरले रजत दिलाए ।


महिलातर्फ ६५ केजीमा दिलहानी र ७२ केजीमा अयोमीले श्रीलंकालाई स्वर्ण दिलाए । श्रीलंकालाई महिलाको ६२ केजीमा महिर, ६८ केजीमा मला, ७६ केजीमा चनी, ५० केजीमा रोशनी र पुरुषतर्फ ७० केजीमा अनिल, ७९ केजीमा चनक, ९२ केजीमा सलिथा, ७४ केजीमा लक्मल, ५७ केजीमा कथोरंगना, ६५ केजीमा चमाराले रजत दिलाए भने पुरुष ६१ केजीमा उदर र महिलातर्फ ५३ केजीमा शमिकाले कांस्य प्राप्त गरे ।


बंगलादेशका लागि महिलातर्फ ५५ केजीमा रेमी सरकार र ५९ केजीमा निपैरनले रजत जिते । महिलातर्फ नै ७२ केजीमा अक्टेरोजिना, ६५ केजीमा मोस लक्की, ६२ केजीमा अख्तर शरमिन र ७४ केजीमा शिपोन्षे र पुरुषतर्फ ८६ केजीमा श्री सरोतरय, ९७ केजीमा हवलदेर रसिदले कांस्य पदक दिलाए ।


कुस्ती सकिएपछि नेपालका खेलाडीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो । खेलाडीलाई जनकपुरमा नगर परिक्रमा गराएर स्थानीयले सम्मान गरेका थिए ।


१३ औं सागअन्तर्गत कुस्तीमा पदक ल्याउने नेपाली खेलाडीलाई प्रदेश सरकारले समेत सम्मान गरेको छ । कुस्ती खेलमा नेपालका लागि स्वर्ण जित्ने संगीता धामीसहित पदक ल्याउने १३ खेलाडीलाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गरे । संघीय सरकारले खेलाडीको संरक्षणका लागि ध्यान दिनुपर्ने राउतले बताए ।


प्रकाशित : मंसिर २४, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?