जुडोमा पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४८ पुग्यो

राजु घिसिङ

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको दोस्रो दिन सोमबार नेपालले एउटा स्वर्ण थपेको छ । महिला ७८ केजीमुनि पुनम श्रेष्ठले स्वर्ण जितेकी हुन् । जुडोको प्रतिस्पर्धाको पहिलो दिन आइतबार देविका खड्काले स्वर्ण हात पारेकी थिइन् ।

जुडोमा पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४८ पुग्यो

राउन्ड रोबिन लिगमा खेलाइने जुडोको यस स्पर्धामा पुनमले श्रीलंकाकी विबुसाना जयवर्द्धने, बंगलादेशकी फरिना खानोम र भारतकी नभनित कौरलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।


महिलाकै ७८ केजीमाथि तौलमा नेपालकी आकृति जोशी रजतमा सीमित भइन् । ५ देशका खेलाडीसम्मिलित यस स्पर्धामा आकृतिले भारतकी तुलिका मानसँग हार बेहोरिन् । उनले बंगलादेशकी केदार फाही, पाकिस्तानकी बेनिश खान र श्रीलंकाकी विथाना हिरूनी इमेशालाई पराजित गरेकी हुन् । महिला ७० केजीमुनि तौलमा विनिता मगरले पनि रजत पदक जितिन् । ५ देशका खेलाडी सहभागी यस स्पर्धामा विनिता पनि भारतकी गरिमा चौधरीसँग पराजित भइन् । श्रीलंकाकी दीप्थिका कुमारसिंगेले कांस्य जितिन् ।


पुरुष १०० केजी तौल माथि नेपालका राजन जोशीले कांस्य पदक जितेका छन् । यस स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र श्रीलंकाले कांस्य जितेको छ । पुरुष १०० केजीमुनि नेपालका रमेशबहादुर चन्दले कास्य जिते ।


पाकिस्तानले स्वर्ण र भारतले रजत तथा श्रीलंकाले एक कांस्य जितेका छन् । पुरुष ८१ केजीमुनि भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । त्यस्तै श्रीलंका र बंगलादेशका खेलाडीले कांस्य पदक जिते । यस स्पर्धामा नेपालका मनीष महतो पदकविहीन भएका छन् ।

प्रकाशित : मंसिर २३, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?