कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बक्सिङमा नेपाललाई अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलुकद अन्तर्गत सोमबार भएको बक्सिङमा नेपालले  अर्को स्वर्ण पदक जितेको ६४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै नेपालका भुपेन्द्र थापाले पदक जितेका हुन् । 

योसँगै नेपालले खेलको नवौं दिनसम्मममा ४६ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ ।


१३८ स्वर्णका साथ भारत पहिलो स्थानमा रहेको छ । यसअघि ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक दिलाएकी थिइन् ।

प्रकाशित : मंसिर २३, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्

बालिकालाई यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक जसोन्योड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ ।

सीआइबीको टोलीले काठमाडौं एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट तीन बालिकासहित मुडीलाई आपत्तिजनक अवस्थामा आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका ४० वर्षीय मुडीलाई जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उपरीक्षक पाण्डेका अनुसार मुडीको साथबाट प्रहरीले ३ वटा राहदानी, एउटा ल्यापटप, ४ वटा मोबाइल ४ थान विभिन्न बैंकका एटिएम कार्ड, मास्टर कार्ड तथा चेकका स्लिपहरु, विश्वभाषा क्याम्पसको परिचयपत्र बरामद गरेको छ । साथै प्रहरीले मुडीबाट अन्य कोही पीडित भएको भए सीआइबीमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रकाशित : मंसिर २३, २०७६ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×