२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बास्केटबलः नेपालले जित्यो रजत

काठमाडौँ — १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार भएको फाइनल खेलमा  भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो ।

बास्केटबलः नेपालले जित्यो रजत

भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलंकाले कांस्य जित्यो ।

सेमिफाइनल खेलमा नेपाल श्रील्कालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत र नेपालले कांस्यपदक जिते ।

प्रकाशित : मंसिर २३, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?