कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कुस्तीमा भारतकै रजगज

सन्तोष सिंह

(धनुषा) — १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १ 

कुस्तीमा भारतकै रजगज

जनकपुरमा जारी तेश्रो दिनको कुस्तीमा नेपालले २ रजत र २ कास्य पदक प्राप्त गरेको छ । महिला तर्फ २ रजत र पुरुष तर्फ २ कास्य पदक प्राप्त गरेको हो । नेपालको लागि महिला ६५ केजी तौल समुहमा शुसिला चन्द र ७२ केजी तौल समुहमा निर्मालाले रजत, ५९ केजी तौल समुहमा कोमल खत्रीले कास्य जिते भने पुरुष तर्फ ९२ केजी तौल समुहमा सुमिर साहले कास्य पदक जिते ।


जनकपुरमा २० स्वर्णका लागि भइरहेको कुस्तीमा आइतबारसम्म फैसला भएको १८ स्वर्णको खेलमा नेपाल १ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । भारतले १२ स्वर्ण, पाकिस्तान ३ स्वर्ण, श्रीलंका २ स्वर्ण प्राप्त गरेका छन् ।


आइतबार तेस्रो दिनको खेलमा पनि भारतको दबदबा कायम रह्यो । भारतीय खेलाडी सहभागि समुह सबै भारतले जितेको छ । पुरुषको ६१ केजी समुहमा रबीन्द्र धैया, ८६ केजी तौलमा पवन कुमार र महिलाको ५९ केजी समुहमा अन्सु र ६२ केजी तौलमा साक्षि मल्लिकले स्वर्ण जिते ।


प्रकाशित : मंसिर २२, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?