कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीच भलिबलमा नेपाललाई कांस्य

दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बीच भलिबलमा नेपालको महिला टीमले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो ।

नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । फाइनलमा भने श्रीलंकाका दुवै टिम पुगेका छन् ।


पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिएका छन् । पाकिस्तानले कांस्य जित्यो । पुरूषमा पनि श्रीलंकाका दुवै टीम फाइनल पुगेका छन् । बीच भलिबलमा महिलातर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए ।


पुरूषतर्फ नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी थिए । सागमा पहिलोपल्ट यो खेल समावेश भएको हो ।



प्रकाशित : मंसिर २२, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

भारोत्तोलनमा नेपालका सागरले रजत र पुकारले कांस्य जिते 

दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अर्न्तगत भारोत्तोलनमा नेपालले आइतबार थप १ रजत र  १ कांस्य पदक जितेको छ । नेपालका लागि सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा रजत पदक हात पारे । सो प्रतियोगितामा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते ।

उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरे । नेपालका बिजेता सागरले राष्ट्रिय रेकर्डसहित रजत जितेका हुन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए ।

सागरले यसअघि सागको छनोट चरणमा आफ्नो नाममा लेखाएको तीनै विधाको रेकर्ड भंग गरेका नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिए ।

प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएर कांस्य पदक जिते ।

आइतबार नै भएको १०९ प्लस केजी तौल समूहमा पाकिस्तानका मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जितेका छन् । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । यो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

यो प्रतियोगितामा श्रीलंकन खेलाडी डब्लु पी यू चरुकाले रजत जिते । उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गरे । स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ केजी गरी कुल २७५ तौल भार बहन गर्दै नेपालका खेलाडी पुकार गुरुङले कांस्य पदक जिते ।

नेपालका लागी रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाए । पुकारका लागी स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो ।

प्रकाशित : मंसिर २२, २०७६ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×