कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई ६ स्कोरले पराजित गर्दै टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले ७६ अंक स्कोर गरेको थियो भने माल्दिभ्सले मात्रै ६२ अंक स्कोर गर्न सक्यो ।










प्रकाशित : मंसिर २२, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

५ किलो चरेससहित दुई पक्राउ

प्रकाश बराल

बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङले ५ किलो चरेससहित पक्राउ परेका दुई जनालाई आइतबार सार्वजनिक गरेको छ । 

शुक्रबार बुर्तिबाङ इलाका प्रहरी कार्यालयले निसीखोला गाउँपालिका ६ सिपका २५ वर्षीय रामबहादुर साउथोकी र उनकै भाञ्जी नाता पर्ने ३० वर्षीया भाइकला बुढालाई प्रहरीले पक्राउ गरेको थियो । आफूसँग रहेको चरेस बेच्न ग्राहक खोजिरहेको समयमा उनीहरु पक्राउ परेका प्रहरीको भनाइ छ ।
उनीहरुलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×