स्वर्ण जित्नबाट चुकिन् गौरिका- १३औं साग खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वर्ण जित्नबाट चुकिन् गौरिका

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शनिबार भएको महिला १०० मिटर ब्याकस्ट्रोक पौडी खेलमा नेपालकी पौडीबाज गौरिका सिंहले स्वर्ण पदक चुकाएकी छन् । उनले रजत पदकमै चित्त बुझाइन् ।

उनले निर्धारित दूरी १ मिनेट ३.१५ सेकेण्डमा पार गरिन् । खेलमा निर्धारित दूरी १ मिनेट २.३६ सेकेण्डमा पार गर्दै भारतकी मन्ना राजीव पटेलले स्वर्ण पदक जितिन् । बिहीबार र शुक्रबार सिंहले क्रमस फ्रिस्टाएल र व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।


प्रकाशित : मंसिर २१, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

जापानी पर्यटक होटलमा मृत फेला

आश गुरुङ

लमजुङ — माथिल्लो मनाङ क्षेत्रको मनाङ ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँको एक होटलमा पर्यटक मृत अवस्थामा भेटिएका छन् ।

डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी शनिबार बिहान ८ बजेतिर आएपछि घटनास्थल खटि गएको र शवलाई पोष्टमार्टमको लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको उनले बताए ।

मनाङ गाउँ समुद्री सतहदेखि ३ हजार ५ सय १९ मिटर उचाइमा छ ।

शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए । होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार २ जना पतिपत्नि घुम्न आएको र पत्निको मृत्यु भएको बताए । मृत्युको कारण खुल्न नसकेको एक्याप र प्रहरी दुवैले बताएको छ । ती पर्यटकमा दीर्घ रोग समेत केही नरहेको र उनी बिरामी समेत नरहेको उनका पतिबाट जानकारी पाएको प्रहरीले बताएको छ ।

२ दिनयता मनाङमै रहेका पतिपत्नि दुवैजना कुनै पथ प्रदर्शक तथा भरिया बिना नै घुम्न आएको बुझिएको छ । ‘भरिया र गाइड कोही पनि साथमा नआउँदा पर्यटक स्वयंलाई समस्या पर्न सक्छ’ तिरुवाले भने, ‘जति अध्ययन गरेर आएपनि उनीहरुको साथमा नेपाली हुनु र नहुनुमा धेरै फरक पर्छ ।’

प्रकाशित : मंसिर २१, २०७६ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×