फेन्सिङमा नेपाललाई रजत - १३औं साग खेलकुद - कान्तिपुर समाचार

फेन्सिङमा नेपाललाई रजत 

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औँ साग खेलकुद अन्तर्गत फेन्सिङको महिलातर्फको साब्रे इभेन्टमा नेपालले रजत जितेको छ । बंगलादेश विरुद्धको खेलमा नेपालका लागि रविना थापाले १० अंक जोडिन् ।

बंगालदेशकी फातिमा मोजिबले १५ अंक जोड्दै स्वर्ण जितिन् ।


साग खेलमा फेन्सिङलाई पहिलो यस संस्करणबाट समावेश गरिएको खेल हो ।

प्रकाशित : मंसिर २१, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल र भारतबीचको महिला फुटबलका दर्शक गेट बाहिरै

दीपक परियार

कास्की — १३ औँ दक्षणि एसयिाली खेलकुद साग अन्तर्गत नेपाल र भारतबीच भइरहेको महिला फुटबल हेर्न आएका दर्शकले सीट पाएका छैनन् । 

८ हजार क्षमताको पोखरा रंगशाला भरएिपछ सयौं दर्शकले खेल हेर्न पाएका छैनन् । आयोजकले सबै टिकट बिक्री भइसकेको र रंगशालाको प्याराफिट भरिएको भन्दै थप दर्शकलाई प्रवेश नदिइएको हो ।

खेल शनिबार २ बजेबाट जारी छ । खेलमा भारतले अग्रता लिएको छ । खेलको १८ औ मिनेटमा बालादेवीले गोल गरेकी हुन् ।

नेपाल र भारतको महिला टोलीबीच लगि चरणको शीर्ष स्थानका लाग प्रतिष्पर्धा भइरहेको हो ।

नेपाल र भारतको महिला फुटबल टोली भोलि स्वर्ण पदकका लागी प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित : मंसिर २१, २०७६ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×