गौरिकाले दिलाइन् अर्को स्वर्ण- १३औं साग खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरिकाले दिलाइन् अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । 

गौरिकाले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् ।

बिहीबार मात्रै भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक पाएकी उनको यो दोस्रो स्वर्ण पदक हो ।


स्पर्धामा भारतका खेलाडीले रजत र श्रीलंकाको खेलाडीले कास्य पदक जिते ।



प्रकाशित : मंसिर २०, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

छोराद्वारा बाबुआमाको हत्या

कान्तिपुर संवाददाता

रुपन्देही — जिल्लाको ओमसतिया ४ मा छोराले बाबुआमाको हत्या गरेका छन् । 

प्रतिकात्मक तस्बिर ।

शुक्रबार बिहान कोठामा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया थागना यादवलाई धारिलो हतियार प्रहार कान्छो छोरा २८ वर्षीय गोरख यादवले हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हतियार प्रहारपछि नारायणको घटनास्थलमै मृत्यु भएको थियो । उनकी श्रीमती थागनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

मानसिक सन्तुलन ठीक नभएकाले गोरखले आमाबुवाको हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ । गोरख नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

प्रकाशित : मंसिर २०, २०७६ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×