कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ औंमा रजत जितेका विकासलाई स्वर्ण

दीपक परियार

पोखरा — भारतमा भएको अघिल्लो सागमा रजत जितेका भारोत्तोलन खेलाडी विकास थापाले यसपालि स्वर्ण हात पारेका छन् । शुक्रबार दिउँसो पोखरामा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् । स्न्याच १२३ तर्फ र क्लिन एन्ड जर्कमा १४९ गरी उनले कुल २६९ केजी भार उठाए । 

गत सागमा स्वर्ण जितेका कमलबहादुर अधिकारी कास्यमा सीमित भएका बेला विकासले स्वर्ण जितेर भारोत्तोलनलाई राहत दिए ।


रजत बंगलादेशले जित्यो भने पाकिस्तानका खेलाडी घाइते भएकाले यसमा कसैले पनि कास्य पाएन ।

प्रकाशित : मंसिर २०, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

पति पत्नीले नै जिते कांस्य

दीपक परियार

काठमाडौँ — नेपाली खेलकुदमा पतिपत्नी जोडी धेरै छन् । यसपालि सागमै पनि यस्ता जोडिएको चर्चा भएको छ । करातेका प्रशिक्षक दीपक विष्ट र दोहोरो स्वर्ण विजेता आयशा शाक्यको जोडी सबभन्दा धेरै चर्चामा रह्यो । 

पोखरामा भएको भारोत्तोलनमा शुक्रबार अर्को एउटा जोडी चर्चाको विषय बन्यो, जब दुवैजनाले कांस्य पदक जिते । यो जोडी हो कमल अधिकारी र राज्यलक्ष्मी थापाको ।

श्रीलंकामा भएको सागको १० औं संस्करणमा भारोत्तोलनमा स्वर्ण जितेका कमलबहादुर अधिकारी पोखरामा कांस्यमा सीमित भए । यो उनका लागि सोचेजस्तो नतिजा थिएन । उनले पुरुष ६७ केजीतर्फ २५२ केजी तौल उचाले ।

राज्यलक्ष्मीले ७१ किलो स्न्याचतर्फ कुल १५० किलो तौल उचालेर कांस्य जितिन् ।

प्रकाशित : मंसिर २०, २०७६ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×