कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पति पत्नीले नै जिते कांस्य

दीपक परियार

काठमाडौँ — नेपाली खेलकुदमा पतिपत्नी जोडी धेरै छन् । यसपालि सागमै पनि यस्ता जोडिएको चर्चा भएको छ । करातेका प्रशिक्षक दीपक विष्ट र दोहोरो स्वर्ण विजेता आयशा शाक्यको जोडी सबभन्दा धेरै चर्चामा रह्यो । 

पति पत्नीले नै जिते कांस्य

पोखरामा भएको भारोत्तोलनमा शुक्रबार अर्को एउटा जोडी चर्चाको विषय बन्यो, जब दुवैजनाले कांस्य पदक जिते । यो जोडी हो कमल अधिकारी र राज्यलक्ष्मी थापाको ।

श्रीलंकामा भएको सागको १० औं संस्करणमा भारोत्तोलनमा स्वर्ण जितेका कमलबहादुर अधिकारी पोखरामा कांस्यमा सीमित भए । यो उनका लागि सोचेजस्तो नतिजा थिएन । उनले पुरुष ६७ केजीतर्फ २५२ केजी तौल उचाले ।


राज्यलक्ष्मीले ७१ किलो स्न्याचतर्फ कुल १५० किलो तौल उचालेर कांस्य जितिन् ।

प्रकाशित : मंसिर २०, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?