कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जनकपुरमा आज ४ स्वर्णका लागि कुस्तीमा प्रतिस्पर्धा हुँदै

सन्तोष सिंह

(धनुषा) — जनकपुरमा शुक्रबार १३ औं साग अन्तर्गत कुस्तीमा चार स्वर्णको लागि शुक्रबार खेल हुँदै छ । महिलातर्फ ५० किलोग्राम र ५३ किलोग्राम तथा पुरुषतर्फ ५७ कलोग्राम र ६५ किलोग्राम तौल समुहमा चार स्वर्णका लागि नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुने आयोजक कमिटिका प्रावधिक प्रमुख खगेन्द्र बस्नेतले बताए ।

जनकपुरमा आज ४ स्वर्णका लागि कुस्तीमा प्रतिस्पर्धा हुँदै

महिलातर्फ ५० किलोग्राममा नेपालबाट मनिषा सिंह र ५३ किलोग्राममा सिमांगी दुबे प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ ५७ कलोग्राममा नरेश यादव र ६५ किलोग्राममा सरोज यादव प्रतिस्पर्धा गर्दैछन् ।

महिलातर्फ ५० किलोग्राम र ५३ किलोग्राम पुरुषतर्फ ५७ कलोग्राम र ६५ किलोग्राम तौल समुहमा पाकिस्तानले सहभागिता जनाएको छैन ।

जनकपुरको कभर्डहलमा केही समय पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुस्तीको उद्घाटन गर्नेछन् । खेलाडहीहरुलाई नेपाली सेनाको सांस्कृतिक टोली र मिथाला नाट्य कला परिषद्(मिनाप)ले स्वागत गर्नेछन् । खेल आयोजना हुने कभर्डहल र खेलाडी बस्ने होटलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कुस्तीका लागि जनकपुरको कभर्डहललाई रंगरोगन गरी सजाइएको छ । मंसिर २० गते देखि २३ गतेसम्म आयोजना कुस्तीमा २० स्वर्णका लागि ५ देशका खेलाडी सहभागी हुँदै छन् ।


५ देशमध्ये ४ देशका खेलाडीलाई जनकपुर र पाकिस्तानका खेलाडीलाई महोत्तरीको बर्दिबासस्थित होटलमा राखिएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले बताए ।


प्रकाशित : मंसिर २०, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?