नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित- १३औं साग खेलकुद - कान्तिपुर समाचार

नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित

करण केसीले १६ बलमा ४० रन बनाए
कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । आज नेपालले जित निकाले पनि भोलि बंगलादेशसँगको खेल जित्नै पर्नेछ ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमा समेटियो ।


माल्दिभ्सको तर्फबाट मोहम्मद अजिमले १६ रन बनाए । नेपालको तर्फबाट सुशन भारी र ललितनारायण राजवंशीले २/२ विकेट लिए ।


टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।


नेपालको तर्फबाट आठौं नम्बरमा आएक करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए । उनले अन्तिम ओभरमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।


माल्दिभ्सले अन्तिम ओभरमा २४ रान दिएको थियो । यस्तै दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ३९ रन बनाए ।


माल्दिभ्सको तर्फबाट लिम साफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने अमिल मोरुफले २ विकेट लिए ।

प्रकाशित : मंसिर २०, २०७६ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

गल्फको पुरुष टिम इभेन्टमा पनि नेपाललाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं साग अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

नेपाली टोलीले कुल ८३८ अंक स्कोर गरेको थियो ।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । बंगलादेशको टोलीले कुल ८५६ अंक स्कोर गरेको थियो भने श्रीलंकाली टोलीले कुल ८७८ अंक स्कोर गरेको थियो ।

नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए ।

प्रकाशित : मंसिर २०, २०७६ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×