१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग पराजित, बंगलादेश र श्रीलंका फाइनलमा भिड्ने

दीपक परियार

पोखरा — श्रीलंका १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग पराजित, बंगलादेश र श्रीलंका फाइनलमा भिड्ने

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।


११९ रनको लक्ष्य पच्छ्याएर ब्याटिङमा आएको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो ।


नेपालकी रुविना क्षत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन् ।


नेपालका सिता रानामगर, इन्दु बर्मा र डली भट्ट शुन्यमै आउट भए ।


श्रीलंककी सचिन निशानसालाले ३ विकेट लिइन् भने सत्थ्य सन्दिपानीले ४ ओभर बलिङ गर्दै २ विकेट लिइन् भने १ मेडन ओभर राखेर जम्मा ५ रन खर्च गरिन् ।


पहिले ब्याटिङ गरेको श्रीलंकाको तर्फबाट लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन् भने जनादी अनालीले ३५ रन जोडिन् ।


नेपालको तर्फबाट सरस्वती कुमारी र सोनु खड्काले २/२ विकेट लिए ।


नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर २०, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?