पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले जिते स्वर्ण

ध्रुव तुलाधर

काठमाडौँ — १३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए ।

पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले जिते स्वर्ण

योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ ।


उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते । यस्तै, नेपालका हरि रिमालले कांस्य जिते । रिमालले उक्त दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पार गरे ।


सच्याइएको : गोपीचन्द्र पार्की हुनुपर्नेमा अन्यथा हुनगएकोमा सच्यायएकाे छ ।

प्रकाशित : मंसिर २०, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?