गौरिकाले दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । यसपालिको संस्करणमा नेपालका लागि पौडीमा याे पहिलो पदक हो ।

गौरिकाले दिलाइन् नेपाललाई स्वर्ण

उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पूरा गरिन् ।

यसैगरी पुरुषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाका मेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते । उनले १.४८ मिनेटमा निर्धारित दूरी पार गरे ।

प्रकाशित : मंसिर १९, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?