३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौँ — नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तरगत पोखरामा जारी खेलमा माल्दिभ्सविरुद्ध गोल गरेर उनले सर्वाधिक गोलको उपलब्धि हासिल गरेकी हुन् ।खेलको पहिलो हाफमै उनले दुई गोल गरेकी हुन् ।

सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

उनले यो खेलमा दुई गोल गर्दै नेपालका लागि कुल ३७ गोलको कीर्तिमान बनाएकी हुन् । यअसघि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पूर्व कप्तान अनु लामाको नाममा थियो । लामाले नेपालका लागि ३५ गोल गरेकी छन् ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई भारतले ५–० ले पराजित गरेको थियो ।

प्रकाशित : मंसिर १९, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?