कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा दीपकलाई कास्य

काठमाडौँ — १३ औं साग अन्तर्गत बुधबार बिहान दशरथ र‌ंगशालामा भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक हात पारेका छन् ।

एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा दीपकलाई कास्य

यस विधाको स्वर्ण पदक भने भारतका सुरेश कुमारले हात पारे भने रजत श्रीलंकाका सानमुगेश्वरनको पोल्टोमा पर्‍यो । भारतीय खेलाडी सुरेशले निर्धारित दुरी २९ मिनेट ३३.६१ सेकेण्डमा पुरा गरेका थिए । यस्तै रजत पदक विजेता श्रीलंकाका खेलाडीले सो दुरी पार गर्न ३० मिनेट ४९.२० सेकेण्ड लगाएका थिए ।


यस्तै नेपालका धावक अधिकारीले निर्धारित दुरी पार गर्न ३० मिनेट ५०.०६ सेकेण्ड समय लगाएका थिए ।

प्रकाशित : मंसिर १८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?