नेपाली महिला भलिबल टिम रजतमै सिमित

काठमाडौँ — नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट बञ्चित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा हार व्यहोर्दै रजत पदमा चित्त बुझाउन बाध्य भयो ।


प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सक्यो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो।नेपाललाई रजत पदमा रोकिदियो।
तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो। प्रकाशित : मंसिर १७, २०७६ १८:४५
प्रतिक्रिया

काठमाडौँ — धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा मंगलबार स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी छन् ।


सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडबाट त्यो सफलता दिलाइन्। उनले केही मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन्।
सन्तोषीको टाइमिङ थियो ३५ मिनेट ०७.९४ सेकेन्डको। कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड। केही मिलिसेकेन्डको मात्र अन्तर भयो। तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेन्डमा दूरी पार गरेकी थिइन्। सात प्रतिस्पर्धीमा नेपालकी विश्वरुपा बुढा (३८.२४.०३) ले छैटौं स्थानमा रहिन्।
'मलाई विश्वास नै लागिरहेको छैन। के मैले जितेँ र? अझै कुद्न बाँकी थियो कि,’ अन्तिम क्षण सम्झँदै सन्तोषीले भनिन्, ‘मलाई एकदमै डर थियो। उहाँहरू (प्रतिद्वन्द्वी) धेरै खेलिसकेकाहरू हुनुन्थ्यो। मेरो त पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। तर आफ्नो उत्कृष्ट दिन्छु भन्ने थियो। ट्रेनिङमा पनि गुरु र साथीहरूसँग पनि यही गेमबारे टिप्स लिइरहेको हुन्थें। त्यसैको नतिजा हो आजको जित।’
उनले आफ्नो सफलताको श्रेय गुरु रघुराज वन्तसहित चन्द्र गुरुङ र टिमका साथीहरूलाइ दिइन्।
सन्तोषीले अबको लक्ष्य ५००० हजार मिटर दौडमा पनि राम्रो प्रदर्शन गर्नु रहेको बताइन्।
प्रकाशित : मंसिर १७, २०७६ १८:३३प्रतिक्रिया
थप केही १३औं साग खेलकुदबाट