कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने यी महिला खेलाडी, जसलाई स्वर्ण जितेको विश्वासै लागेको थिएन

ध्रुव तुलाधर

काठमाडौँ — धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा मंगलबार स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी छन् ।  

एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने यी महिला खेलाडी, जसलाई स्वर्ण जितेको विश्वासै लागेको थिएन

सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडबाट त्यो सफलता दिलाइन् । उनले केही मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् ।

सन्तोषीको टाइमिङ थियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड । केही मिलिसेकेन्डको मात्र अन्तर भयो । तेस्रो भएकी श्रीलंकाली निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेन्डमा दूरी पार गरेकी थिइन् । सात प्रतिस्पर्धीमा नेपालकी विश्वरुपा बुढा (३८.२४.०३) ले छैटौं स्थानमा रहिन् ।

'मलाई विश्वास नै लागिरहेको छैन । के मैले जितेँ र ? अझै कुद्न बाँकी थियो कि,’ अन्तिम क्षण सम्झँदै सन्तोषीले भनिन्, ‘मलाई एकदमै डर थियो । उहाँहरू (प्रतिद्वन्द्वी) धेरै खेलिसकेकाहरू हुनुन्थ्यो । मेरो त पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । तर आफ्नो उत्कृष्ट दिन्छु भन्ने थियो । ट्रेनिङमा पनि गुरु र साथीहरूसँग पनि यही गेमबारे टिप्स लिइरहेको हुन्थें । त्यसैको नतिजा हो आजको जित ।’

उनले आफ्नो सफलताको श्रेय गुरु रघुराज वन्तसहित चन्द्र गुरुङ र टिमका साथीहरूलाइ दिइन् ।

सन्तोषीले अबको लक्ष्य ५००० हजार मिटर दौडमा पनि राम्रो प्रदर्शन गर्नु रहेको बताइन् ।

प्रकाशित : मंसिर १७, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?