तेक्वान्दोमा महराले दिलाए नेपाललाई अर्को स्वर्ण

राजु घिसिङ

काठमाडौँ — तेक्वान्दोको पुरुष ६८ केजी मुनिको समूहमा नेपालका विरबहादुर महराले स्वर्ण पदक जितेका छन् ।

ZenTravel

महराले पाकिस्तानी खोलाडी मोहम्मद फहिमलाई ४१/३६ ले हराएका हुन्।

Meroghar

प्रकाशित : मंसिर १७, २०७६ १६:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अपांगहरुमा विशेष क्षमता हुन्छ : उपराष्ट्रपति पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा भएको विशेष क्षमता प्रष्फुटन गराउदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताएका छन् । एशियाली बौद्धिक अपांगहरुको सम्मेलनको मंगलबार समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले व्यक्तित्व विकासको अवसर पाए अपांगहरुले समाजलाई येगदान दिन सक्ने बताए ।

ओस्टेफन हकिंगले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गरेपछि अपांगहरुमा विशेष क्षमता हुन्छ भन्ने स्पष्ट भएको उपराष्ट्रपति पुनले बताए। नेपालको संविधानले फरक क्षमता भएका(अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको उपराष्ट्रपति पुनको भनाई छ।

सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागिमात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने उनले बताए।

कार्यक्रममा उपयुक्त हेरचाह, शिक्षा र तालिमप्राप्त बौद्धिक अपांगता भएका व्यक्तिहरुले सपाड्ग्ग व्यक्तिहरुसंग वैवाहिक बन्धनमा बाँधिएर सफलतापूर्वक गृहस्थ जीवनमा प्रवेश गरेका नमूना जोडीहरुलाई सम्मान गरिएको थियो।

सम्मेलनको उद्घाटन शत्रमा बौद्धिक अपांग भएका व्यक्तिहरुको कल्याणमा उत्कृष्ट काम गर्ने नेपाल, सिंगापुर र फिलिपिन्सका संस्थाहरुलाई १ १ लाख येनको पुरस्कार पनि प्रदान गरिएको थियो।


प्रकाशित : मंसिर १७, २०७६ १६:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×