काजल श्रेष्ठले जितिन् तेक्वान्दो ४६ केजी तौल समूहमा स्वर्ण- १३औं साग खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काजल श्रेष्ठले जितिन् तेक्वान्दो ४६ केजी तौल समूहमा स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको ४६ केजी तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । 

उनले मंगलबार भएको खेलमा पाकिस्तानकी सायद जादी सिद्रा बटोललाई ५०-१४ स्कोरले पराजित गरेकी हुन् ।


पहिलो राउण्ड १४-९, दोस्रो २३-१ र तेस्रो राउण्डमा १३-४ ले पराजित गरेकी हुन् । समग्रमा ५०-१४ ले पराजित गरेकी हुन् ।

प्रकाशित : मंसिर १७, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

महिला फुटबलमा नेपालको विजयी सुरुआत   

कान्तिपुर संवाददाता

पोखरा — १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न खेलमा नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखे पनि अन्तिम मिनेटमा गोल गर्न सक्याे ।

नेपालका लागि सरु लिम्बूले ८८ मिनेटमा गोल गरिन् । खेलको १५ औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् ।


नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए ।


खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताइन । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन ।


नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।

प्रकाशित : मंसिर १७, २०७६ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×