कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महिला फुटबलमा नेपालको विजयी सुरुआत   

पोखरा — १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न खेलमा नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखे पनि अन्तिम मिनेटमा गोल गर्न सक्याे ।

महिला फुटबलमा नेपालको विजयी सुरुआत   

नेपालका लागि सरु लिम्बूले ८८ मिनेटमा गोल गरिन् । खेलको १५ औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् ।


नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए ।


खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताइन । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन ।


नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।

प्रकाशित : मंसिर १७, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?