करातेमा नेपाललाई अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — करातेको कुमिते ६७ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

ZenTravel

उनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई १०/२ ले हराएकी थिइन् ।

Meroghar

करातेमा नेपालको यो नबौं स्वर्ण हो।

प्रकाशित : मंसिर १७, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चन्द समूहका ४ जना रिहा 

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका ५ कालागाउँमा भएको उपनिर्वाचनको विरोध गर्नेक्रममा पक्राउ परेका चारै जना मंगलबार रिहा भएका छन् । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कर्णाली प्रदेश ईन्चार्ज चक्रपानी शर्मा, केन्द्रीय सदस्य दिपक शाही, कुमाख गाउँपालिका ५ का वर्ष चक्रबहादुर रावत र हिरालाल गोसाईंलाई साधारण तारेखमा छाडिएको प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनीहरुलाई मंसिर १० गते पक्राउ गरिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७६ १४:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×