कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिला डुवाथोलनको स्वर्ण श्रीलंकाले जित्यो, नेपाललाई रजत

दीपक परियार

पोखरा — १३ औं सागको महिला डुवाथोलनमा श्रीलंकाकी इरंगा दुलाक्षीले स्वर्ण पदक जितेकी छिन् । यो प्रतिस्पर्धाको रजत पदक भने नेपालकी हुमी बुढामगरको पोल्टोमा परेका छ । 

महिला डुवाथोलनको स्वर्ण श्रीलंकाले जित्यो, नेपाललाई रजत

पोखराको लेकसाइडमा भएको यस इभेन्टमा श्रीलंकाकै उदया कुमारीले कास्य जितेकी छिन् । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समय भने आइपुगिसकेको छैन ।


डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी साइक्लिङ र पुन: २.५ किमी रनिङ गर्नुपर्छ । मंगलबार नै भएको पुरुष डुवाथोलनमा भने नेपालले स्वर्ण र रजत जितेको थियो ।

प्रकाशित : मंसिर १७, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?