नविन रसाइलीले दिलाए करातेमा नेपाललाई आठौं स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं साग अन्तर्गत करातेको ६७ केजी कुमुतेमा नेपालका नविन रसाइलीले पाकिस्तानका मोहम्मद नासिरलाई ८-६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । 

ZenTravel

मंगलबार बिहान सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेलमा उनले बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८-२ ले पराजित गरेका थिए।

Meroghar

कराँतेको ११ स्पर्धामा नेपालको ८ औं स्वर्ण हो।

प्रकाशित : मंसिर १७, २०७६ १०:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत

दीपक परियार

पोखरा — १३ औं सागको पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यो प्रतिस्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लको पोल्टोमा परेका छ । 

पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए। प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समय भने आइपुगीसकेको छैन।

डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी साइक्लिङ र पुन: २.५ किमी रनिङ गर्नुपर्छ । सोमबार भएको ट्रायथोलनमा पनि नेपालले स्वर्ण जितेको थियो।

प्रकाशित : मंसिर १७, २०७६ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×