१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत

दीपक परियार

पोखरा — १३ औं सागको पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् । यो प्रतिस्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लको पोल्टोमा परेका छ । 

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत

पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समय भने आइपुगीसकेको छैन ।


डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी साइक्लिङ र पुन: २.५ किमी रनिङ गर्नुपर्छ । सोमबार भएको ट्रायथोलनमा पनि नेपालले स्वर्ण जितेको थियो ।

प्रकाशित : मंसिर १७, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?