उसुमा नेपालकी सुस्मिता तामाङलाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी िछन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् ।

ZenTravel

यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो।

Meroghar

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।



प्रकाशित : मंसिर १७, २०७६ १०:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उसुमा नेपालका विजय सिन्जालीले जिते स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन् । उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण हात पारेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।

यो खेलमा बंगलादेशी खेलाडीले ९.३४ श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक र पाकिस्तानी खेलाडीले ७.३१ अंक प्राप्त गरेका थिए।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो। यो नेपालको १६ औं स्वर्ण पदक हो।

प्रकाशित : मंसिर १७, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×