२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

टेनिसमा सेमिफाइनल यात्रा, गल्फ आजदेखि

काठमाडौँ — लनटेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित कोर्टमा नेपालले बंगलादेशलाई हराएको थियो । पुरुष सिंगल्समा प्रणव खनालले मोहम्मद आलम गिरलाई ६–०, ६–१ ले हराए ।

टेनिसमा सेमिफाइनल यात्रा, गल्फ आजदेखि

अमोल रोयसँग पहिलो सेटमा २–६ ले पछाडि परेका संरक्षकभूषण वज्राचार्यले दोस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा रोय घाइते भएपछि उनले सहजै सफल पाए । डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सहजै जित दिलाए ।


नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएको हो । पुरुषतर्फ भुटान सेमिफाइनल पुग्यो । भुटानले माल्दिभ्सलाई ३–० ले र पाकिस्तानले श्रीलंकालाई २–१ ले हराए ।


महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनल पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हराउँदा सलोनी तामाङले आयानी मुसा कलिममाथि ६–४, ६–० ले, प्रेरणा कोइरालाले जिना अब्दुर रसिदमाथि ६–१, ६–३ तथा डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबमाथि ६–३, ६–३ ले नतिजा निकालेका थिए । श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो । नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।


गल्फ आजदेखि

१३ औं सागको गल्फ मंगलबार पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदै छ । सागमा पुरुष व्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंका गरी तीन देशको मात्र सहभागिता छ । महिला टिम र एकल दुवैमा सबैले कम्ती एक पदक पक्का गरेका छन् । भुटानले पुरुष टिम स्पर्धामा भाग लिएको छैन । भुटानबाट निमा दोर्जी तामाङ व्यक्तिगत स्पर्धामा सहभागी छन् । पाकिस्तानले अन्तिममा गल्फबाट नाम फिर्ता लिएको थियो ।

पुरुषतर्फ नेपालका टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुवास तामाङ र नीरज तामाङ तथा महिलामा कस्मिरा शाह, रविना श्रेष्ठ र सुष्मा कोइरालाले भाग लिने छन् ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?