३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टिम इभेन्टमा दुई कांस्य

पोखरा — श्रीलंकासँग सेमिफाइनलमा पराजित भएपछि १३ औं दक्षिण एसियाली खेलकुदमा ब्याडमिन्टनको टिम इभेन्टमा नेपालले कांस्य पदकमै खुम्चिएको छ । टिम इभेन्टको महिला र पुरुषमा दुवैमा नेपाल सोमबार श्रीलंकासँग पराजित भएको हो । 

टिम इभेन्टमा दुई कांस्य

पोखरा रंगशालास्थित कभर्डहलमा पुरुषतर्फ श्रीलंकाले नेपाललाई ३–१ तथा महिलातर्फ ३–० ले हरायो । पुरुषमा नेपालका रत्नजित तामाङ श्रीलंकाका निशान पेर करुणारत्नेसँग २२–२०, २१–९ को सेटमा पराजित भए । दीपेश धामीले सचिन प्रेमासन अन्गोडा भिडानेजसँग २४–२२, १८–२१, १६–२१ को सेटमा हार्दा दीपेश र रत्नजितको जोडी थरिन्डु डी डुम्बुकोला र सचिन प्रेमासनसँग ११–२१, १५–२१ को सोझो सेटमा पराजित भएको थियो । नेपालका प्रिन्स दाहालले सान्त्वना जित निकाले । प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१, २१–१९ को सेटमा हराए ।


पाकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको छ । भारतले पाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै श्रीलंकासँगको उपाधि भिडन्त पक्का गरेको हो ।


महिला खेलाडीले नेपाललाई खुसी दिलाउन सकेनन् । नङसलदेवी तामाङ श्रीलंकाकी थिलिनी प्रोमाडिकासँग २१–२, १६–२१ को सोझो सेटमा, अनुमाया राई डिल्मी प्रेम्सिकासँग २१–८, २१–८ तथा सीमा राजवंशी अचिनी निमलेसिकासँग २१–१८, २१–८ को सेटमा पराजित भएका थिए । श्रीलंकाले फाइनलमा भारतसँग खेल्नेछ । भारतले पाकिस्तानलाई ३–० ले हराएको थियो ।


भारतकी साइ उत्तेजिथा रावले पाकिस्तानकी महुर शाहजादालाई २१–१२ र २१–१८, गायत्री गोपीचन्दले पल्वासा बसिरले २१–१४ र २१–११ तथा स्रियंशी प्रदेशीले गजला सिद्धिकीलाई २१–१४ र २१–१२ को सेटमा पराजित गरे ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?