कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा सागको औपचारिक शुभारम्भ

दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका खेल आइतबारदेखि नै भएपछि पोखरामा सोमबार औपचारिक शुभारम्भ गरिएको छ । स्थानीय सहजीकरण तथा व्यवस्थापन समितिले पोखरा रंगशालामा सोमबार साँझ भव्य समारोह आयोजना गरेको हो ।

पोखरामा सागको औपचारिक शुभारम्भ
पोखरामा सागको औपचारिक शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समारोहको उद्घाटन गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, प्रदेशका मन्त्री, सभामुख तथा सांसद उपस्थित थिए ।

पोखरामा सागको औपचारिक शुभारम्भ

पोखराका विभिन्न सामाजिक संघसंस्था, विद्यालयले जातीय भेषभुषा, रहनसहन, संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । गीत तथा नृत्यले समारोहलाई मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा आतसवाजी समेत गरिएको थियो । हट एयर बेलुनबाट पुष्पवृष्टिको प्रयास गरिएपनि सफल हुन सकेन ।

पोखरामा सागको औपचारिक शुभारम्भ

सागअन्तर्गत पोखरामा ८ खेल भइरहेका छन् । पोखरा रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, ब्याडमिन्टन र आर्चरी भइरहेका छन् । लेकसाइडमा ट्रायथलन र बिच भलिबल, माटेपानीको केसी क्याटरिङमा भारोत्तोलन हुनेछन् ।

पोखरामा सागको औपचारिक शुभारम्भ

पोखरामा सागको औपचारिक शुभारम्भ

पोखरामा सागको औपचारिक शुभारम्भ

प्रकाशित : मंसिर १६, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?