तेक्वान्दोमा आयशा र सन्जिवकुमारको जोडीले जिते स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समुहमा नेपालकी आयशा शाक्य र सन्जिवकुमार ओझाको जोडीले स्वर्ण जितेका छन् । उनीहरुको जोडीले कुल ८.१६० अंक प्राप्त गर्दै स्वर्ण निश्चित गरेका हुन् ।

तेक्वान्दोमा आयशा र सन्जिवकुमारको जोडीले जिते स्वर्ण

यस्तै रजत पदक हात पारेका मेहरुन निशा र शाहबाज अहमदको जोडीले ७.८६० अंक प्राप्त गरे भने कास्य पदक विजेता बंगलादेशका दीपु चक्मा र मौसुमेको जोडीले ७.८५० अंक हासिल गरे ।


कराँतेका मण्डेकाजी श्रेष्ठसँगै यो सागमा दुईवटा पदक जित्ने आयशा दोस्रो खेलाडी भएकी छिन् । उनले यसअघि आफ्नो एकल प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् ।

प्रकाशित : मंसिर १६, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?