३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तेक्वान्दोमा पार्वतीले पनि दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३-२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ ।

तेक्वान्दोमा पार्वतीले पनि दिलाइन् नेपाललाई स्वर्ण

पार्वतीले यस खेलमा ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् भने रजतमा चित्त बुझाउन बाध्य भएकी श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गरेकी थिइन् ।


यस्तै कास्य पदक भने भारतको पोल्टोमा रह्यो । भारतकी हर्षा सिंहाले ८.०३० अंक मात्रै प्राप्त गर्न सफल भइन् ।

प्रकाशित : मंसिर १६, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?